मनहरी– असार ४ गते । मनहरी–९ रजैँयामा रहेको केदारेश्वर मन्दिर सरसफाई गरिएको छ । शनिबार श्री केदारेश्वर टोल विकास संस्थाको आयोजनामा मन्दिर परिसर सरसफाइ गरेको हो ।

वर्षा यामको समयमा मन्दिर वरपर झार बुट्यान पलाएर झाडी भएको अवस्थामा मन्दिर परिसर सरसफाई गरेको टोल विकास संस्थाका अध्यक्ष नारायण मैनालीले जानकारी दिनुभयो ।

साथै अध्यक्ष उप्रेतीले मनहरी गाउँपालिकाले मनहरी–९ मा टोल विकास संस्थालाई समेटेर काम गर्न चाहेकोले खुशी समेत व्यक्त गर्नुभएको छ ।

टोल विकासका लागि भनेर निर्माण गरी दर्ता भएको संस्था गाउँपालिकाले समन्वय गरि काम गर्दा खुशी लागेकाे बताउनुभएको हो ।

हेटौँडा उप–महानगरपालिकामा टोल विकास संस्थाको समन्वय र नेतृत्वमा विकासका कामहरु हुदैँ गर्नदा मनहरी गाउँपालिकाले पनि यस्तो अभ्यास गर्दा यस विषयमा मनहरी गाउँपालिकालाई निरन्तर घचघच्याइरहने उहाँले बताउनुभयो ।

गाउँपालिकाकाे समन्वयमा निर न्टोतर विकास संस्थाले टोल विकास र सरसफाईमा निरन्तर काम गरिरहने पनि उहाँले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here