मनहरी– असार ४ गते । मनहरी गाउँपालिका वडा नम्बर ८ मा शनिबार स्वास्थ्य शनिबार शिविर सञ्चालन भएको छ ।

भरतपुर क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा मनहरी गाउँपालिका वडा नम्बर ८ को आयोजनामा उक्त शिविर गरिएको हो ।

शिविर क्रसर व्यवसायी संघ मनहरी गाउँपालिकाको सह–आयोजनमा गरिएको हो । शिविरमा नाक, कान, घाँटी तथा पाटेघरको मुख र स्तनको वृहत जाँच गरिएको छ ।

शिबिरमा ४ सय ४७ जनाले सेवा लिएका छन् । जसमध्य पाठेघरको संक्रमण ५३ जनामा देखा परेको छ ।

पाठेघर संक्रमणमध्ये पाठेघर खसेको १४, पाठेघर सुन्निएको ५, पाठेघरमा रिङ हाल्नुपर्ने २ जना रहेका छन् । पाठेघरको १०४ जनाको परीक्षण गरिएको थियो ।

त्यस्तै परीक्षणमा १ सय ३० जना छातिको संक्रमण देखिएको छ जसमध्य ४ जनालाई फलोअपका लागि अस्पताल बोलाइएको छ ।

त्यस्तै नाक, कान, घाँटीका दुई सय जनामा परीक्षण गरिएको छ । जसमध्य ४ जनामा संक्रमण देखा परेको छ ।

स्वास्थ्य शिविरमा स्तनको १ जनमा र घाँटीको १ जनामा भने जटिल समस्या देखिएको छ ।

स्वास्थ्य शिविर उक्त वडा अध्यक्ष नारायण उप्रेतीको सभाध्यक्षता तथा मनहरी गाउँपालिकाका उपाध्यक्ष सिता पुलामि मगर (रेखा) को प्रमुख आतिथ्यतामा औपचारिक उद्घाटन गरिएको थियो ।

उद्घाटन कार्यक्रममा क्रसर व्यवसायीहरु सौगन लामा, अशोक थिङ, ८ नम्बर वडाका वडा सदस्यहरु, नेपाली काङ्ग्रेस मनहरी गाउँ कमिटीका सभापति प्रकाश बर्ताैला, नेकपा माओवादी केन्द्रका बागमती प्रदेशसभा सदस्य विर वहादुर ग्लान (ज्वाला) अपाङ्गता भएका व्यक्तिहरुको स्वावलम्वन जीवन पद्धती केन्द्र मकावनपुरका अध्यक्ष दिल बहादुर स्याङ्बो साना किसान सहकारीका प्रबन्धक ज्योती सुवेदी लगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here