मनहरी–असार ३ गते । मनहरी ७ मा अवस्थित युनिभर्सल लर्निङ एकेडेमीले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको निःशुल्क आँखा शिबिर गरेको छ ।

विद्यालयमा अध्ययनरत पाँच सय विद्यार्थीहरुलाई लक्षित गरी आँखा शिबिर सञ्चालन गरेको हो । मनहरी आँखा अस्पताको आयोजना तथा विद्यालयको सहकार्यमा आँखा शिबिर गरिएको हो ।

शिबिरमा २५ जनामा सामान्य आँखाको समस्या देखिएको मनहरी आँखा अस्पतालका डाक्टर सुपेन्द्र ताम्राकारले बताउनुभयो ।

त्यस्तै आँखा शिबिरमा विद्यालयका शिक्षक कर्मचारीहरुलाई पनि आँखा परिक्षण गरिएको थियो । आँखा नै संसार देखाउने एकमात्र संवेदनशिल ज्ञानेन्द्रिय भएकोले समय समयमा आँखा परिक्षण गरिरहनुपर्ने डाक्टर ताम्राकारले बताउनुभयो ।

युनिभर्सल लर्निङ एकेडेमीले आँखा शिबिर सञ्चालन गरेर सामाजिक काम गरेको उहाँले बताउनुभयो । आँखा शिविरमा कक्षा नर्सरी, एलकेजी र युकेजिका अभिभावकहरुको प्रत्यक्ष सहभागितामा गरिएको हो ।

शिविरमा सहभागी अभिभावकहरुले यस्ता खाले स्वास्थ्य परीक्षणले विद्यार्थीको सिकाईमा प्रत्यक्ष सरोकार राख्ने भएकोले विद्यालयलाई धन्यवाद ज्ञापन समेत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here