हेटौँडा–असार ३ गते । अपाङ्गता भएका स्वावलम्वन जीवन पद्धती केन्द्र मकवानपुरले स्वावलम्वन जीवन पद्धति अवधारणाको विकास, विस्तार र सुढृढीकरणको विषयमा २ दिने अभिुमिखकरण कार्यक्रम गरेको छ ।

बागममती प्रदेशको सामाजिक विकास मन्त्रालयको सहयोगमा अभिमुखिकरण कार्यक्रम गरिएको हो ।

केन्द्रका अध्यक्ष दिल बहादुर स्याङ्बोको सभाध्यक्षता तथा बागमती प्रदेश सभा सदस्य ओम बहादुर ग्लानको प्रमुख आतिथ्यताम कार्यक्रम गरिएको हो ।

कार्यक्रम यहि असार २ र ३ गते गैह्र सरकारी संस्था मकावनपुरको सभाहलमा गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाका अध्यक्ष स्याङ्बोले अपाङ्ग सहायक सामग्री खरिदका लागि मात्र ५ लाख रुपियाँ र सचेतना, सीपमुलक तालिम जस्ता कार्यक्रमका लागि २० लाख रुपैँया बजेट छुट्याउनुपर्ने बताउनुभयो । कार्यक्रमका मकवानपुर जिल्लाका स्थानीय पालिकाहरुबाट ४० जनाको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here