मनहरी–असार १ गते । मनहरी गाउँपालिका ८ नं वडामा आगामी असार ४ गते निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ ।

वडा कार्यालयको आयोजना तथा भरतपुर क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा स्वास्थ्य शिविर हुन लागेको ८ नं वडाध्यक्ष नारायण उप्रेतीले बताउनुभयो ।

शिविरमा नाक, कान, घाँटी, मुख, पाठेघरको मुख र स्तनको बृहद जाँच (स्क्रिनिङ) गरिने बताइएको छ । शिविरमा नाक, कान, घाँटी रोग बिशेषज्ञ डाक्टर देज गौतम, डाक्टर, सबिन भण्डारी र डाक्टर रवि स्वाँर आउने तय भएको वडाध्यक्ष उप्रेतीले बताउनुभयो ।

त्यसैगरी स्तनरोग विशेषज्ञ डाक्टर दिपक मैनाली, डाक्टर विश्वराम पौडेल, डाक्टर कृष्ण सुवेदी, डाक्टर अस्मिता राना र डाक्टर कृष्णसागर शर्मा आउने तय भएको छ । त्यसैगरी अन्य २ जना स्त्रीरोग विशेषज्ञ पनि शिविरमा सहभागी हुने वडाध्यक्ष उप्रेतीले जानकारी दिनुभयो ।

बिशेष गरी महिलासँग सम्बन्धित रोगका चिकित्सकहरुलाई ल्याएर शिविर सञ्चालन गर्न लागिएको र यसले निरन्तरता पाउने वडाध्यक्ष उप्रेतीले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here