हेटौँडा–असार १ गते । मनहरी गाउँपलिकामा नयाँ औद्योगिक क्षेत्र स्थापना गर्ने भएको छ ।
बागमती प्रदेशको आर्थिक वर्ष २०७९÷८० को बजेटमा मनहरी गाउँपालिकामा नयाँ औद्योगिक क्षेत्र स्थापना गरिने बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मरकट्टेलले बताउनुभयो ।
प्रदेश सरकारले औद्योगिक क्षेत्र स्थापनाका लागि बजेट समेत विनियोजन गरेको छ ।
बुधबार प्रदेश सभामा आर्थिक वर्ष २०७९÷८० को वार्षिक आय व्यय बजेट प्रस्तुत गर्नुहुँदै प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जमकट्टेलले मनहरीमा नयाँ औद्योगिक क्षेत्र निर्माणको लागि बजेट विनियोजन गरिएको जानकारी दिनुभएको हो ।
सिन्धुलीको हरिहर गढी र मकवानपुरको मनहरी गाउँपालिकामा नयाँ औद्योगिक क्षेत्र प्रारम्भ गर्न १३ करोड ६५ लाख रुपैयाँ विनियोजन गरिएको जानकारी दिनुभयो ।