हेटौँडा–जेठ ३० गते । हेटौंडा–५ को पिप्ले रंगशालामा सम्पन्न चौथो संस्करणको स्थानीय तह सहीद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकपको उपाधी त्रिभुवन आर्मी क्लबले हात पारेको छ ।

भर्खरै सम्पन्न रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा घरेलु टोली विजयी युथ क्लब हेटौंडालाई २–१ गोल अन्तरले पराजित गर्दै आर्मीले उपाधी हात पारेको हो ।

यो संगै मकवानपुर गोल्डकपको उपाधी आर्मीले दोस्रो पटक हात पारेको छ । आर्मीले उपाधी शिल्डसंगै १५ लाख हात पारेको छ भने उपविजेता बनेको हेटौंडाले शिल्डसंगै १० लाख हात पारेको छ ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित हुँदै घरेलु टिम एफसी विजय युथका क्याप्टेन अशोक बरालले बुलेट बाइक प्राप्त गर्नुभएको छ ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीका लागि बुलेट बाइकको प्रायोजन हेटौंडा स्कूल अफ म्यानेजमेन्टले गरेको हो । यसअघि तेस्रो संस्करणमा पनि हेटौंडा स्कूल अफ म्यानेजमेन्टले नै बुलेट बाइकको प्रयोजन गरेको थियो ।

तेस्रो संस्करणमा मकवानपुरकै अमीर श्रेष्ठले बुलेट बाइक पाउनुभएको थियो । यस्तै प्रतियोगिताको उत्कृष्ट गोलरक्षक आर्मीका बिकेश कुथु घोषित हुनुभएको छ ।

उत्कृष्ट मिडफिल्डरमा आर्मीका विवेक बस्नेत, स्ट्राइकरमा आर्मीकै दिनेश हेम्जन र प्रशिक्षकमा आर्मीका नवीन न्यौपाने घोषित भएका छन् । विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही २५ हजार रुपैयाँ पाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here