मनहरी–जेठ २९ गते । विश्व बाल श्रम बिरुद्दको दिवसको अवसर पारेर मनहरीमा खुल्ला हाजिरिजवाफ प्रतियोगिता भएको छ । मनहरी गाउँपालिकाको वडा नम्बर ३ स्थित सभाहलमा कार्यक्रम गरिएको हो ।

आईतबार सम्पन्न भएको हाजिरिजवाफ प्रतियोगितमा गाउपालिका भित्र रहेका बाल क्लब तथा बाल सन्जालका बालबालिकाको सहभागीता रहेको थियो ।

१२० जना बालबालिका सहभागिता रहेको प्रतियोगितामा ५० जना बालबालिकालाई पुरस्कार बितरण गरिएको थियो । बाल अधिकार, समसामायिक बिषयबस्तु तथा गाउपालिकाको बारेमा समेटिएको प्रश्नहरु सोधिएको कार्यक्रममा ९ बर्षका आयुस परियार पनि सहभागी भई पुरस्कार जित्न सफल हुनुभएको थियो ।

कार्यक्रममा मनहरी गाउपालिकाका वडा नम्बर २ का वडा अध्यक्ष राजकुमार पाख्रिन, ४ नम्बर वडाका अध्यक्ष प्रकाश थापा, ५ नम्बर वडा का अध्यक्ष दीपेन्द्र अधिकारी लगयत अन्य वडाका जनप्रतिनिधी, सिविन नेपालका प्रबन्ध निर्देशक कुमार भट्टराई, सप्लानिर कार्यक्रम अधिक्रित श्रीजना श्रेष्ठ, प्रबन्धक निर्देशक कुमार भट्टराईले बालबालिका भोलिको कर्णधार भनिदै गर्दा आजको बलियो आधार बनाउन बालबालिकालाई राज्यले लगानी गर्नुपर्ने बताउनुभयो ।

त्यस्तै गरी ५ नम्बर वडा अध्यक्ष दीपेन्द्र अधिकारीले बालबालिकाको लागि मनहरी गाउँपालिकामा सहजता होस भनेर सहजकर्ता नियुक्त गरी अगाडि बढ्न लागेको र गाउपालिकाले आउँदै गरेको बजेटमा बालबालिकाको शिर्षककमा संबिधानमा जे जती अधिकार ब्यबस्था गरेकोछ त्यसको पूर्ण कार्यान्वयनमा ल्याउने बताउनुभएको छ ।

त्यस्तै वडा अध्यक्ष अधिकारीले बालबालिकाको लागि ब्यबस्था भएको १५ प्रतिशत बजेट छुट्ट्याई कार्यवनयनमा लैजान सहजिकरण गरिने समेत बताउनुभएको छ ।

कार्यक्रम सप्लानिरको सहकार्यमा सिविन बाल हेल्पलाइन मकवानपुर र मनहरी गाउपालिकाको संयुक्त आयोजनामा गरिएको थियो भने कार्यक्रम सिविन बाल हेल्पलाइन मकवानपुरका संयोजक झबिन्द्र ज्ञवालीले सहजिकरण गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here