मनहरी–जेठ २९ गते । मनहरी पुस्तकालयले मनहरी गाउँपालिकाका नव निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ ।

आइतबार पुस्तकालयको प्रथम वार्षिकोत्सवको अवसरमा नव निर्वाचित जनप्रनिधिहरुलाई सम्मान गरेको हो । साही कार्यक्रममा बोल्दैमनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले पुस्तकालयका लागि आवश्यक बजेट उपलब्ध गराउने बताउनुभएको छ ।

पुस्तकालय अभियान समूहको प्रथम वार्षिकोत्सवको अवसरमा पुस्तकालयले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष कालाखेतीले यस्तो बताउनुभएको हो ।

पुस्तकालयको प्रभावकारी सञ्चालन तथा व्यवस्थापनमा ध्यान दिँदै गाउँपालिकाले पुरानो कार्यलाई निरन्तरता दिदैँ आवश्यक नयाँ बजेट समेत उपलब्ध गराउने बताउनुभएको छ ।

त्यस्तै सोही कार्यक्रमलाई सम्बोधन गर्दै राक्सिराङ गाउँपालिकाका उपाध्यक्ष वनस्तम थिङले राक्सिराङ गाउँपालिकामा पनि पुस्तकालय खोल्ने बताउनुभएको छ ।

राक्सिराङ गाउँपालिकामा पनि पठन संस्कृतिको विकास गर्न पुस्तकालय अभियान समूहसँग सहकार्य गरी पुस्तकालय स्थापना र सञ्चालन गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ ।

त्यस्तै मनहरी गाउँपालिका ७ नम्बर वडा अध्यक्ष ठाकुरराम तितुङले आफ्नै वडामा पहिलो पुस्तकालय स्थापना भएकोमा खुसी व्यक्त गर्नुभयो ।

त्यस्तै पुस्तकालयलाई व्यवस्थित रुपमा सञ्चालन तथा व्यवस्थापनमा वडाले सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । कार्यक्रममा मनहरी गाउँपालिकाको ३ नम्बर वडा अध्यक्ष अनन्त प्रकाश अर्याल, ८ नम्बर वडा अध्यक्ष नारायण उप्रेती लगायतकाको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई रोटरी माविका प्रधानाध्यापक गोविन्द पौडेलले पुस्तकालयको औचित्य र आवश्यकताका बारेमा प्रष्ट पार्नुभएको थियो । कार्यक्रमलाई प्रष्ट्याउँदै पौडेलले आजको डिजिटल युगमा पनि पुस्तकालयको आवश्यकता रहेको बताउनुभएको छ ।

मनहरी सामुदायिक पुस्तकालयका अध्यक्ष ईन्द्रमणि स्याङ्तानको सभाध्यक्षताम कार्यक्रम गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here