मनहरी–जेठ २७ गते । मनहरी ९ रजैयामा स्थानीय युवा र मनहरी गाउँपालिका बिचको सहकार्यमा कृषकहरुबिच छलफल कार्यक्रम भएको
छ ।

बिहिबार भएको कार्यक्रममा मनहरी गाउँपालिकामा रहेका कृषक समुहहरु बिच कृषकहरुको समस्याको विषयमा छलफल गरिएको थियो ।

छलफलमा कृषक भ्रमण आबश्यक्ता, पशु तथा कृषि सम्बन्धि तालिम, मल विउविजन, समयमा नै उपलब्ध नहुनु, प्रत्येक वडामा वडास्तरीय पशु र कृषि प्राविधिक नहुनु, उत्पादित तरकारीको बजार व्यवस्थापन नहुनु लगायतका विषयमा गुनासो व्यक्त गरेका थिए ।

साथै सोही कार्यक्रममा कृषकहरुबाट आएको समस्यालाई सम्बोधन समेत गरिएको छ । उल्लेखित समस्याहरुलाई सम्बोधन गर्ने गरी कार्य अघि बढाउने मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले बताउनुभएको छ ।

कार्यक्रम पारस्परिक जवाफदेहिता परियोजनासंगको सहयकार्यमा दायित्व नेपालले आयोजना गरेको हो । कार्यक्रममा मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीको सभाध्यक्षतामा भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here