राक्सिराङ–जेठ २५ गते । राक्सिराङ गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष राम बहादुर प्रजाले वडा भित्र उत्पादन हुने चिउरीलाई बजारीकरण गर्ने बताउनुभएको छ ।

वडा भित्र उत्पादन हुने चिउरीलाई संकलन गरेर त्यसबाट निस्कने रसलाई प्रयोगशालामा टेस्ट गरी खान मिल्ने रसकोरुपमा परिमार्जन गर्न सकिन्छ कि सकिदैन भन्ने विषयमा छलफल भइरहेको उहाँले बताउनुभयो ।

यदी प्रयोगशाला परीक्षणबाट उक्त रस खान मिल्ने भन्ने आएको खण्डमा वडाका ३० प्रतिशत जनतालाई प्रत्यक्ष रोजगार दिने गरी काम अघि बढाइएको उहाँले बताउनुभयो ।

रेडियो मनहरी एफएमसंग कुराकानी गर्दै वडा अध्यक्ष प्रजाले सकेसम्म स्थानीय सरकारको लगानीमा नै यो काम गरिने र नसकेको खण्डमा संघ–संस्थाहरुसंग छलफल गरेर कुनै पनि हालतमा यसलाई अघि बढाउने बताउनुभयो ।

चेपाङ र चिउरी एक अर्काका परिपुरक भएको भन्दै यसबाट नै चेपाङ समुदायलाई स्वरोजगार तथा व्यवसायी बनाउने बताउनुभयो ।

त्यस्तै वडा अध्यक्ष प्रजाले चेपाङ समुदायको मुख्य खानाकोरुपमा रहेको गिट्ठालाई समेत बजारीकरण गर्ने बताउनुभएको छ । गिट्ठाका विभिन्न परिकारहरु बनाउन सकिने भन्दै यसलाई बजारीकरण गरी गिट्ठा संरक्षणमा अघि बढ्ने बताउनुभयो ।

त्यस्तै गिट्ठालाई आलु जस्तै गरी बोरामा प्याक गरेर विभिन्न स्थानमा लगेर समेत बजारीकरण गर्न सकिने भएको यसतर्फ विशेष ध्यान दिन खोजिएको उहाँले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here