राक्सिराङ–जेठ २३ गते । राक्सिराङ गाउँपालिका वडा नम्बर ८ का निवर्तमान वडा अध्यक्ष रामकृष्ण प्रजाले आर्थिक सहायता अपेक्षा गर्नुभएको छ ।

केहि समय देखि उहाँ दुबै मृगौला खराब हुँदा चितवन स्थित अस्पतालमा उपचाररत हुनुहुन्छ । हप्तामा २ पटक डायलासिस गर्नुपर्ने र एकचोटी डायालिस गर्दा सात हजार लाग्ने भन्दै आर्थिक अवस्था कमजोर हुँदै गएकोले सहयोगी सबैमा आर्थिक अपेक्षा गर्नुभएको हो ।

मृगौला प्रत्यारोपणका लागि मृगौला दान गर्न आफन्त तयार रहदा पनि आर्थिक अभावका कारण प्रत्यारोपण गर्न नसकिएको उहाँले सुनाउनुभयो ।

सञ्चारकर्मीसंग कुरा गर्दै निवर्तमान वडा अध्यक्ष प्रजाले सम्पुर्ण सहयोगीहरुमा आफ्नो ज्यान बचाउनको लागि आर्थिक सहयोग गर्न आव्हान समेत गर्नुभएको छ ।

उपचारका क्रममा पार्टीका केही नेताहरु भेट्न आएता पनि उपचारका लागि आश्वासन मात्रै दिएको तर कुनै पनि उपचारको लागि सहयोग भने नगरेको उहाँले दुखेसो पोख्नुभएको छ ।

बाँचेर राक्सिराङ्गमा नेपाली कांग्रेस र सबै चेपाङहरुको सेवा गर्न चाहेको तर पार्टी सरकारमा भएता पनि उपचारका लागि जिल्ला तथा प्रदेश तहका नेताहरुले पहल नै नगरेकोमा खल्लो महशुस भएको उहाँले बताउभयो । साथै सहयोग गर्न चाहनेले बैक अफ काठमाडौँको खाता नम्बर ०७८७०००१००२०५२४ सकेको रकम हाल्न सकिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here