मनहरी–जेठ २१ गते । राष्ट्रिय माबि सुनाचुरीका सहायक प्रधानाध्यापक सुवाष श्रेष्ठ दुर्घटनामा परी घाइते हुनुभएको छ ।

शुक्रबार राती १० बजेको समयमा मनहरीबाट सिम्पानी तर्फ जाँदै गरेको बा.प्र ०३–००३ प ७८३२ नम्बरको मोटरसाइकलमा सवार श्रेष्ठले सोही दिशातर्फ जाँदै गरेको पैदल यात्री जिल्ला सिन्धुली दुधौली नगरपालिका ७ स्थायी घर भएका वर्ष अन्दाजी २५ का हरी श्रेष्ठलाई ठक्कर दिँदा मोटरसाइकलमा सवार श्रेष्ठ र पैदल यात्री हरी श्रेष्ठ दुबै घाइते हुनुभएको हो ।

घाइते दुबै जनाको चितवनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here