मनहरी–जेठ २० गते । मनहरी गाउँपालिकामा यहि जेठ २६ र २७ गते कोरोना विरुद्धको खोप लगाइने भएको छ । १२ वर्ष माथिका व्यक्तिहरुलाई कोरोना विरुद्धको मोर्डना खोप लगाइन लागेको मनहरी कोभिड अस्पतालका व्यवस्थापक ज्योतिराज लुइटेलले बताउनुभयो ।

खोप अभियानमा पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा र कुनै पनि मात्रा नलगाएकालाई पहिलो मात्राको खोप लगाइने जनाइएको छ । साथै खोप अभियानमा पहिलो र दोस्रो मात्रा लगाएकाहरुका लागि अतिरिक्त मात्रा (बुस्टर डोज) समेत लगाइने जनाइएको छ ।

खोप अभियान प्रत्येक वडाको खोप केन्द्रमा सञ्चालन हुने जनाइएको छ । कोभिड– १९ बाट बच्न नेपाल सरकारले निशुल्करुपमा लगाइरहेको कोरोना विरुद्धको खोप अभियानमा पहिले छुटेकाहरुलाई यो अभियानमा नछुट्न समेत आग्रह गरिएको छ ।

कोरोनाबाट बच्न कोरोना विरुद्धको खोप नै भएकोले खोप लगाउन छुटेकाहरु अनिवार्य आफ्नो वडाको वडा स्वास्थ्य कार्यलयमा गई खोप लगाउन भनिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here