मनहरी–जेठ १८ गते । मनहरी गाउँपालिका ६ स्थित सुनाचुरी ब्यारेक छेउमा रहेको राष्ट्रिय वन क्षेत्रमा एक बालकको शब फेला परेको छ । तीन दिनदेखि बेपत्ता रहेको बगरटोलका १६ बर्षका सुरेश लामाको शब बुधवार दिउँसो फेला परेको हो ।

शब फेला परेको स्थान नेपाली सेनाको सुनाचुरी ब्यारेकको तालिम क्षेत्र (फायरिङ एरिया) मा पर्ने बताइएको छ । शबलाई पोष्टमार्टमका लागि हेटौँडा अस्पताल पठाइएको र आवश्यक अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय मनहरीका बरिष्ठ प्रहरी नायब निरीक्षक विदुर अधिकारीले जानकारी दिनुभयो ।

सुरेश स्थानीय विद्यालयबाट एसईई दिएर बसेका विद्यार्थी भएको बताइन्छ । के कति कारणले उनी एकान्त र जोखिमयुक्त जंगलमा पुगे भन्ने कुरा रहस्यमय बनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here