मनहरी–जेठ ४ गते । मनहरी गाउँपालिकाको वडा नं ९ को मत गणना जारी छ । अपराह्न ५ः४५ बजेसम्ममा १७४१ मत गणना भएको छ । गणना भएको मतमा वडाध्यक्षमा नेपाली काँग्रेसका राजकुमार श्रेष्ठले ६८५ मत पाउनु भएको छ भने ६४४ मतका साथ नेकपा एमालेका लक्ष्मण उप्रेती श्रेष्ठलाई पछ्याइरहनु भएको छ ।

माओवादीका बलराम अर्यालले १३७ र नेकपा एकीकृत समाजवादीका रामचन्द्र पुरीले १०८ मत प्राप्त गर्नु भएको छ राप्रपाका वडाध्यक्ष उम्मेदवारको ५६ मत आएको छ ।

९ नं वडामा पनि गाउँपालिका अध्यक्षमा काँग्रेसले फराकिलो मतान्तर जारी राखेको छ । काँग्रेसका रन्जन कालाखेतीको ७४०, एमालेका एकराज उप्रेतीको ६०६ मत आएको छ भने समाजवादीका नारायण श्रेष्ठले ११६ मत प्राप्त गर्नु भएको छ ।

राप्रपाका चन्द्रबहादुर पौडेलको ४८ र स्वतन्त्र उम्मेदवार साधुराम पोखरेलको ११ मत आएको छ । अघिल्लो निर्वाचनमा स्वतन्त्र उम्मेदवार साधुराम अधिकारीले जितेको यो वडा नेकपा एमालेको पकड वडा मानिन्छ । बैशाख ३० गते भएको निर्वाचनमा यस वडामा २४४० मत खसेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here