मनहरी–जेठ ४ गते । मनहरी गाउँपालिकाका निवर्तमान अध्यक्ष एकराज उप्रेतीले सामाजिक सञ्जालमा स्टाटस शेयर गर्दै आफ्नो कार्यकालमा निति निर्माणका कार्यक्रमहरु भएको, विकास निर्माणका कार्यमा समेत राम्रो काम भएको उल्लेख गर्नुभएको छ ।

तीन तह सरकारको निर्णय बाँझिदा कतिपय कामकार्वाहीमा भने बाधा अड्चन आएको भन्दै निवर्तमान अध्यक्ष उप्रेतीले चाँहदा चाँहदै पनि काम सम्पन्न गर्न नसकिएको भन्दै दुःख व्यक्त गर्नुभएको छ ।

मनहरी गाउँपालिकाको संस्थापक स्थानीय सरकारले शिक्षा, स्वास्थ्य, सामाजिक, आर्थिक, साँस्कृतिक तथा पर्यटन विकास सम्बन्धी जग बसालेका उल्लेख गर्नुभएको छ ।

जारी स्टाटसमा ५ वर्षे कार्यकालमा सहयोग पु¥याउने, सम्पुर्ण जनप्रतिनिधि, कर्मचारीहरु, रचनात्मक सुझाव सल्लाह प्रदान गर्नुहुने मित्रजन, राजनैतिक दलका साथै समाजिक अभियान्ता, बालमैत्रि गाउँपालिका घोषणा गर्न मद्यत गर्नुहुने सबै सरोकारवाला संघ संस्था , ब्यक्ति ब्यक्तित्वहरु संघिय प्रदेश सरकार जिल्ला प्रसासन कार्यालय, सुरक्षा निकाय, सबैमा निबर्तमान स्थानीय सरकार प्रमुखको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको छ ।

स्थानीय तह निवार्चन २०७९ मा सहयोग पु¥याउने दलका नेता, कार्यकर्ता तथा शुभचिन्तकहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।

बुधबार निर्वाचन कार्यालयले निकालेको मत गणनामा आफ्नो पार्टी पराजय भएपनि पार्टीलाई सहयोग गर्ने पार्टीका, नेता, कार्यकर्ता, शुभचिन्तक तथा मतदाताहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको हो ।

साथै उप्रेतीले हालै निर्वाचित सवै जनप्रतिनिधहरुलाई बधाई तथा शुभकामना समेत व्यक्त गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here