मनहरी–जेठ ४ गते । मनहरी गाउँपालिकाका नव निर्वाचित अध्यक्ष रन्जन कालाखेतीले जनमतको कदर गरेर सदैब अघि बढ्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ ।

रेडियो मनहरी एफएमको समाचारमूलक प्रस्तुति मनहरी सेरोफेरोका लागि सञ्चारकर्मी उमेश राईसँग प्रत्यक्ष कुराकानी गर्दै उहाँले काँग्रेसप्रति जनताले देखाएको मायाप्रति आभार ब्यक्त गर्नुभयो ।

‘म मेरो कार्यकालमा गलत मान्छेलाई मत दिइएछ भन्ने अनुभूति हुन दिने छैन’, अध्यक्ष कालाखेतीले भन्नुभयो । उहाँले समग्र मनहरी गाउँपालिका विकास, समृद्धिका क्रममा गरेको प्रतिबद्धताहरु पूरा गर्दै जाने बताउनु भयो । तत्काल आवश्यकताका कुराहरुलाई प्राथमिकतामा राखेर आफूले स्वास्थ्य, शिक्षा, बाटो, खानेपानीलाई बढी ध्यान दिएर काम गर्ने उहाँको भनाई छ ।

‘आम मतदाताहरुलाई धेरै विश्वास गर्नु भएको छ, म उहाँहरुलाई गलत मान्छे चुनिएछ भन्ने पार्न दिने छैन, पाँच बर्ष तपाईहरुकै हीतमा काम गर्नेछु ।’, अध्यक्ष कालाखेतीको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here