मनहरी–जेठ ४ गते । मनहरी गाउँपालिकामा स्थानीय तह निर्वाचनमा नेपाली काङग्रेसले लगातार तेस्रो जीत हाँसिल गरेका छ ।

वडा नम्बर ६, ७ र ८ गरी लगातार तेस्रो जीत निकालेको हो । यो संगै नेपाली काङ्ग्रेसले ५ वटा वडामा जीत हाँसिल गरिसकेको छ ।

मनहरी गाउँपालिका वडा नम्बर ८ मा पनि नेपाली काङ्ग्रेसले नै जीत हाँसिल गरेको हो । नेपाली काङ्ग्रेसले उक्त वडामा ६८४ मत सहित विजयी हाँसिल गरेको हो ।

काङ्ग्रेसका निकटमम प्रतिद्वन्दी नेकपा एमालेले ५६९, नेकपा माओवादी केन्द्रले १२६, राप्रपाले ६८ मत प्राप्त गरेको छ ।

त्यस्तै गाउँपालिका अध्यक्षमा गठबन्धबाट नेपाली काङ्ग्रेसले ८९७, नेकपा एमालेले ४२१, राप्रपाले ५५ र नेकपा (एस) ले ५५ मत प्राप्त गरेको छ ।

त्यस्तै उपाध्यक्ष तर्फ गठबन्धनबाट नेकपा माओवादी केन्द्रले ४७१, नेकपा एमालले ५५३, राप्रपपाले ८७ र नेकपा (एस) ले २८ मत प्राप्त गरेको
छ । उपाध्यक्ष पदमा भने नेकपा एमालले गठबन्धनका उम्मदेवारलाई पछि पारेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here