राक्सिराङ–जेठ ३ गते । राक्सिराङ गाउँपालिका अध्यक्षमा पुनः राजकुमार मल्ल विजयी हुनुभएको छ । मल्ल गठबन्धनबाट नेपाली काङग्रेसको उम्मेदवार हुनुहुन्थ्यो । त्यस्तै गाउँपालिका उपाध्यक्षमा पनि गठबन्धन नै विजयी भएको छ ।

गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार बनस्तम थिङ विजयी हुनुभएको छ । कांग्रेसका उम्मेदवार मल्लले ५ हजार ४८१ मत सहित विजयी हुनुभएको हो ।

उहाँका निकटम प्रतिद्वन्दी एमालेले ४ हजार ५७२ मत प्राप्त गरे । त्यस्तै जसपाले १२७, नेकपा (एस) ले १२९ र स्वतन्त्रबाट चुनाव चिन्ह कुखुराको भाले ८ र पुतलीले १ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपाध्यक्ष तर्फ गठवन्धनबाछ माओवादी केन्द्रका बनस्तम थिङले ४ हजार ८३९ मत सहित विजयी हुनुभएको हो । उहाँका निकटप प्रतिद्वन्दी नेकपा एमालेले ४ हजार १२९ र नेकपा (एस) ले १३९ मत प्राप्त गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here