मनहरी–जेठ ३ गते । मनहरी गाउँपालिका वडा नम्बर ७ मा नेपाली काङ्ग्रेसका ठाकुरराम तितुङ विजयी हुनुभएको छ । कुल २९८४ मत खसेको वडा नम्बर ७ मा १४८९ मत सहित तितुङले विजयी हाँसिल गर्नुभएको हो ।

उहाँका निकटम प्रतिद्वन्दी नेकपा एमालेका नारायण सिं घिसिङले ८२१ मत प्राप्त गर्नुभएको छ । त्यस्तै नेकपा माओवादी केन्द्रका खुशीलाल मोक्तानले ३५० मत प्राप्त गर्दा नेकपा (एस) का दिवस स्याङ्तान (बलराम) ले ८० मत प्राप्त गर्नुभएको छ भने राप्रपाका सागर स्याङ्तानले ४१ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै गाउँपालिका अध्यक्षमा गठबन्धनबाट नेपाली काङ्ग्रेसका उम्मदेवार रञ्जन कालाखेतीले १५२१ मत प्राप्त गर्नुभएको छ भने नेकपा एमालेका उम्मेदवार एकराज उप्रेतीले ८७७ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै नेकपा (एस) का नारायण श्रेष्ठले १५०, राप्रपाका चन्द्र बहादुरु पौडेलले ४२ र जसपाका गब्रियल प्रजाले १५ मत प्राप्त गरेका छन् ।

त्यस्तै स्वतन्त्रतर्फ चुनाव चिन्ह कैचीले ३ र गुलाफले १ मत प्राप्त गरेका छन् । त्यस्तै उपाध्यक्षतर्फ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार सिता पुलामी मगर (रेखा) ले १०९६, नेकपा एमालेका सुजिता थिङले १०३५ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै नेकपा (एस) का मनिला विष्टले १०१ र राप्रपाले ५० मत प्राप्त गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here