मनहरी–जेठ ३ गते । स्थानीय तह निर्वाचनको मतगणना अन्र्गत मनहरी गाउँपालिका वडा नम्बर ६ को मतगणना सकिएको छ ।

उक्त वडामा नेपाली काङ्ग्रेको प्यानल नै विजयी भएको छ । वडा अध्यक्षमा ९६८ मत, महिला सदस्य ९९८, दलित सदस्य ९८६, चिन्ह १ मा ९६३, र चिन्ह २ मा ९८७ मत ल्याएर नेपाली काङ्ग्रेसको प्यानल नै विजयी भएको हो ।

काङ्ग्रेसलाई पछ्याउँदै नेकपा माओवादी केन्द्रले ७३४ मत प्राप्त गरेको छ । त्यस्तै नेकपा एमालेले ७०३, नेकपा (एस) ले ३२१ र राप्रपाले ११ मत प्राप्त गरेको छ ।

त्यस्तै गाउँपालिका तर्फ नपाली काङ्ग्रेसले १२२७, एमाले ५९७, समाजवादी ६३५ र राप्रपाले २० मत प्राप्त गरेको छ । त्यस्तै उपाध्यक्षतर्फ नेकपा माओवादी केन्द्रले ११४७, एमाले ७०२, समाजवादी ४०० र राप्रपाले १८ मत प्राप्त गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here