मनहरी–जेठ २ गते । मनहरी गाउँपालीकामा माओवादी केन्द्रले दोस्रो जीत निकालेको छ ।

त्यस्तै नेपाली काङ्ग्रेसले २ वटा वडामा नै जीत निकालि सकेको छ । नेपाली काङ्ग्रेसले वडा नम्बर १ र ३ मा जीत निकालेको हो ।

वडा नम्बर ४ मा वडाको वडाअध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका प्रकाश थापा विजयी भएसंगै मनहरी गाउँपालिकामा माओवादी केन्द्रले दोस्रो जीत दर्ता गराएको हो ।

कुल १ हजार ५ सय ९३ मत रहेको ४ उक्त वडामा थापाले ५४१ मत प्राप्त गरी विजयी हुनुभउको हो । उहाँका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसले ४८२, नेकपा एमाले ३६२ र नेकपा (एस) ३३ मत प्राप्त गरेका थिए ।

त्यस्तै मनहरी गाउँपालिकाको ४ वटा वडाको मत परिणाम आउँदै गर्दा गाउँपालीका अध्यक्षमा भने नेपाली कांग्रेसको नै अग्रता कायम रहेको छ ।

उक्त वडामा गठवन्धनबाट अध्यक्ष पदमा कांग्रेसका रञ्जन कालाखेतीले ६०४ मत प्राप्त गर्दा नेकपा एमालेका एकराज उप्रेतीले ३७९ र नेकपा एकिकृत समाजवादीका नारायण श्रेष्ठले ५७ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै उपाध्यक्ष पदमा पनि गठवन्धनकै अग्रता कायम रहेको छ । गठवन्धनबाट नेकपा (माओवादी केन्द्र) की सिता पुलामि मगर (रेखा) ले ४९९ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिष्पर्धी नेकपा एमालेकी सुजीता थिङले ३५१ र नेकपा एकिकृत समाजवादीकि मनिला विष्टले २६० मत प्राप्त गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here