मनहरी–जेठ १ गते । आसन्न स्थानीय तह निर्वाचन २०७९ को मत परिणाम धमाधम आइरहेको छ । मनहरी गाउँपालिकामा शनिबार दिउँसो वडा नम्बर १ को परिणाम आएकोमा शनिबार राति नै वडा नम्बर २ को पनि नतिजा आएको छ ।

सार्वजनकिा नतिजा अनुसार वडा नम्बर २ को वडाअध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका उम्मेदवार राजकुमार पाख्रीन विजय हुनुभएको छ । कुल १ हजार ४ सय ८३ मत खसेको वडा नम्बर २ मा पाख्रीनले ५ सय ४५ मत प्राप्त गरि निर्वाचित हुनुभएको हो ।

पाख्रीनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवारले ४ सय २४ मत प्राप्त गरेका थिए भने अर्का प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेद्वारले ४ सय २० मत प्राप्त गरेका थिए । त्यसै गरि स्वतन्त्र (पुतली) बाट वडाअध्यक्षमा ३८ मत पाएका थिए ।
त्यस्तै, नेकपा माओवादी केन्द्रबाट महिला सदस्यका उम्मेदवार ५४८, दलित महिला सदस्य ५३७, खुल्ला सदस्य ५२४ र खुल्ला सदस्य दुईमा ४८९ मत प्राप्त गरि प्यानल सहित विजयी भएका छन ।

त्यस्तै मनहरी २ को अन्तिम मत परिमाणमा गठबन्धनका अध्यक्ष उपाध्यक्ष अगाडी नै रहेको छ । गठबन्धनका नेपाली काङ्ग्रेसका अध्यक्षले ८ सय २२ मत, नेकपा माओवादी केन्द्रका उपाध्यक्षले ६ सय २६ मत पाएका छन ।

त्यस्तै नेकपा एमालेका अध्यक्षले ३ सय ९४ मत, उपाध्यक्षले ४ सय ३९ मत प्राप्त गरेका छन । नेकपा एकृकित समाजबादीले अध्यक्षमा २३ मत र उपाध्यक्षमा ३१ मत पाएका छन । अध्यक्षमै राप्रपाले ४ मत, स्वतन्त्र (गुलाफ) १ मत, पुतलीले १२ मत प्राप्त गरेका छन । त्यस्तै उपाध्यक्षमा राप्रपाले ३ मत पाएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here