राक्सिराङ–बैशाख ३१ गते । राक्सिराङ गाउँपालिका वडा नं १ मा ५ सय मत गणना परिणाम सार्बजनिक भएको छ ।

परिणाम अनुसार गठबन्धनका उम्मेदवार राजकुमार मल्ल (काँग्रेस) ले ९० मतको अग्रता लिनु भएको छ । उहाँले २७४ मत प्राप्त गर्नु भएको हो । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका बाबुलाल स्याङ्तानको १८४ मत प्राप्त गर्नु भएको छ भने नेकपा एकीकृत समाजवादीका उम्मेदवार कृष्णबहादुर चेपाङले ५ र जनता समाजवादीका उम्मेदवार यशकुमार प्रजाले २ मत प्राप्त गर्नु भएको छ ।

उपाध्यक्षमा गठबन्धनका उम्मेदवार बनस्तम थिङ (माओवादी) को २११ र एमालेकी सुन्तलीमाया चेपाङको १८९ मत आएको छ । वडाध्यक्षहरुमा एमालेका वविराम मुक्तानको १७७, नेपाली काँग्रेसका सिंगराम ब्लोनको १५८, माओवादीका तर्फबाट जोगमान थिङको १४७ मत आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here