राक्सिराङ–बैशाख ३१ गते । राक्सिराङ गाउँपालिकामा स्थानीय तहको निर्वाचनमा यसअघिका अध्यक्ष राजकुमार मल्लले नै अग्रता लिनु भएको छ ।

उहाँ काँग्रेस–माओवादी गठबन्धनका साझा उम्मेदवार हुनुहुन्छ । नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार रहनु भएका मल्लले वडा नं १ को ३ सय मत गणना हुँदा १५७ मत प्राप्त गर्नु भएको छ । त्यसैगरी नेकपा एमालेका उम्मेदवार बाबुलाल स्याङ्तानले १०८ मत प्राप्त गर्नु भएको छ । जनता समाजवादीका उम्मेदवारले २ र नेकपा एकीकृत समाजवादीका उम्मेदवारले ३ मत प्राप्त गर्नु भएको छ ।

उपाध्यक्षमा गठबन्धनका तर्फबाट माओवादी उम्मेदवार बनस्तम थिङको १३१ र एमालेकी सुन्तलीमाया चेपाङको ११३ मत आएको निर्वाचन अधिकृतको कार्यालय राक्सिराङले जनाएको छ । वडाध्यक्षमा एमालेका उम्मेदवारको १०५, नेपाली काँग्रेसका उम्मेदवारको ९३ र माओवादीका उम्मेदवारको ८८ मत सुरक्षित भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here