मनहरी–बैशाख ३० गते । मनहरी गाउँपालिका २ नं वडाको ६ सय मत गणनाको परिणाम सार्बजनिक भएको छ ।

जस अनुसार गाउँपालिका अध्यक्षमा गठबन्धनका उम्मेदवार रन्जन कालाखेती (काँग्रेस) को ४५७ मत र एमालेका उम्मेदवार एकराज उप्रेतीको २२२ मत आएको छ । नेकपा एकीकृत समाजवादीका उम्मेदवार नारायण श्रेष्ठले ११ मत पाउनु भएको छ ।

उपाध्यक्षमा गठबन्धन सीता पुलामी मगर (माओवादी) को ३६९, एमालेकी सुजिता थिङको २१३ र नेकपा एकीकृत समाजवादीकी मनिला बिष्टको १२ मत आएको छ ।

वडाध्यक्षमा माओवादीका उम्मेदवार राजकुमार पाख्रीनको ३२७, एमालेका उम्मेदवार निमा लामाको २१७ र काँग्रेसका उम्मेदवारको २११ मत आएको छ । मतगणना लामिटारस्थित सभा हलमा जारी छ । राति १२ बजेसम्म कूल खसेको १४८३ मत गनिसक्ने गरी काम अघि बढेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here