मनहरी–बैशाख ३१ गते । मनहरी गाउँपालिकामा वडा नं १ मा ठूलो मतान्तरले काँग्रेस बिजयी भएपछि सुरु भएको वडा नं २ को गणनाले पनि गठबन्धनकै तर्फबाट काँग्रेसको अग्रता देखिएको छ ।

२ नं वडामा २ सय मत गन्दा एमालेका तर्फबाट गाउँपालिका अध्यक्ष उम्मेदवार एकराज उप्रेती भन्दा काँग्रेसका उम्मेदवार रन्जन कालाखेतीले दोब्बर बढी मत प्राप्त गरेका छन् ।

निर्वाचन अधिकृत कार्यालय स्रोतका अनुसार २ सय मत गन्दा एमालेका उप्रेतीले ४८ मत प्राप्त गर्नु भएको छ भने काँग्रेसका कालाखेतीले ११० मत प्राप्त गर्नु भएको छ । त्यसैगरी नेकपा एकीकृत समाजवादीका उम्मेदवार नारायण श्रेष्ठले ३ मत प्राप्त गर्नु भएको छ ।

उपाध्यक्षमा काँग्रेस–माओवादी गठबन्धनकी उम्मेदवार सीता पुलामी मगर (रेखा) ले ९२, नेकपा एमालेकी सुजिता थिङले ५२ र नेकपा एकीकृत समाजवादीकी उम्मेदवार मनिला बिष्टले ४ मत प्राप्त गर्नु भएको छ ।

वडाध्यक्षमा भने माओवादी केन्द्रका उम्मेदवार राजकुमार पाख्रीनले अग्रता लिनु भएको छ । पाख्रीनको ८१, काँग्रेस उम्मेदवारको ५२ र एमाले उम्मेदवारको ५४ मत आएको बताइएको छ । मत गणना मनहरी ३ लामिटारस्थित सभा हलमा धमाधम भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here