मनहरी-बैशाख ३१ गते । मनहरी गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका रञ्जन कालाखेतीले फराकिलो अन्तर कायम गर्नु भएको छ ।

वडा नं १ को मत गणना हुँदा कालाखेतीले ९९८ मत प्राप्त गरी अन्य उम्मेदवारलाई निकै निकै पछाडि पार्नु भएको छ । उहाँका निकटम् प्रतिस्पर्धी नेकपा एमालेका एकराज उप्रेतीले ४६४ मत प्राप्त गर्नु भएको छ भने नेकपा एकीकृत समाजवादीका नारायण श्रेष्ठले २०२ मत पाउनु भएको छ । राप्रपाका चन्द्रबहादुर पौडेलले ३९ मत प्राप्त गर्नु भएको छ ।

उपाध्यक्षमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी उम्मेदवार सीता पुलामी रेखाको ४६४, एमालेकी सुजिता थिंगको ४०५ र समाजवादीकी मनिला बिष्टको ३१८ मत आएको छ । राप्रपाका उम्मेदवार माया न्यौपानेको २७ मत आएको छ ।
१ नं वडामा खसेको कूल मत १७८६ मध्ये ३१ मत बदर भएको छ । वडामा काँग्रेसकै शिव खनाल वडाध्यक्षसहित प्यानलै बिजयी भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here