मनहरी । बैशाख ३१ गते । फराकिलो मतान्तरसहित मनहरी गाउँपालिका १ नं वडाध्यक्षमा शिवप्रसाद खनाल निर्बाचित हुनु भएको छ । उहाँ नेपाली काँग्रेसबाट दोस्रो कार्यकालका लागि निर्वाचित हुनु भएको हो ।

मनहरी ३ लामिटारस्थित सभाहलमा भएको मत गणनामा १०९३ मत प्राप्त गरी खनाल बिजयी हुनु भएको हो । वडाध्यक्षमा खनालसहित उहाँको प्यानलका सबै सदस्यहरु बिजयी हुनु भएको हो ।

उहाँका निकटतम प्रतिस्पर्धी एमालेका भीमसेन अधिकारीले ३९३ मत प्राप्त गर्नुभयो । त्यसैगरी नेकपा एकीकृत समाजवादीका नवराज पौडेलले ३३१ मत प्राप्त गर्नुभयो । राप्रपाका उम्मेदवारले १८ मत प्राप्त गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here