मनहरी–बैशाख २७ गते । मनहरी गाउँपालिकामा एकराज उप्रेती नेतृत्वको कार्यपालिका बैठकबाट बिना कारण हटाइएका ज्यालादारीमा काम गर्ने बालमैत्री सहजकर्ताहरुलाई व्यवस्थापन गर्नेगरी काँग्रेस–माओवादी गठबन्धनले प्रतिबद्धता पत्र सार्बजनिक गरेको छ ।

मनहरी गाउँपालिका स्तरीय गठबन्धनको प्रतिबद्धता पत्रको २७ नं बुँदामा पूर्ण बालमैत्री गाउँपालिकाको रुपमा विकास गर्न बाल श्रमिक मुक्ता गर्न पूर्व बालमैत्री सहजकर्तालाई न्यायोचित व्यवस्थापन गरिने उल्लेख छ । सोही बुँदामा हरेक वडामा बालमैत्री उद्यान निर्माण गर्ने र अनिबार्य शिक्षामा बालबालिकालाई ल्याउने समेत उल्लेख छ ।

यसअघि बिना कारण राजनीतिक पूर्वाग्रह राखेर सुत्केरी र गर्भवती समेत रहेका बालमैत्री सहजकर्ताहरुलाई मनहरी गाउँपालिकाले जागीरबाट निकालेको थियो । हरेक वडामा रहेका सहजकर्ताहरुलाई जागीरबाट निकालेर बालमैत्री अभियानलाई असर पु¥याएको भन्दै पुनवहालीका लागि मनहरी गाउँपालिका स्तरीय बाल सञ्जालले आन्दोलन गरेको थियो । सो क्रममा तालाबन्दी, घेराउ, नाराजुलुस भएपछि भएको वार्तामा उचित निकास निकाल्ने प्रतिबद्धता जनाएर आन्दोलनलाई मत्थर गरिए पनि बालमैत्री सहजकर्ताको पक्षमा कुनै पहल नगरेको सहजकर्ताहरुले आरोप लगाएका छन् ।

गाउँपालिकाले सुत्केरी र गर्भवती समेत रहेका बालबालिकाहरुलाई जागिरबाट हटाएको बिषयमा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी, राप्रपा लगायत पार्टीहरुले गम्भीर ध्यानाकर्षण भएको भन्दै त्यसो नगर्न आग्रह गरेका थिए । तर, कार्यपालिकामा एकल बहुमतमा रहेको एकराज उप्रेती नेतृत्वको सरकारले कसैको आग्रह नसुनेपछि बालबालिकाहरु आन्दोलित भएका थिए ।

गठबन्धनले चुनावअघि २८ वटा बुँदामा प्रतिबद्धता पत्र मतदातासमक्ष पु¥याउँदा बालमैत्री सहजकर्ताहरुको बारेमा पनि बोलेको हो ।
प्रतिबद्धता पत्रमा लालपुर्जा, जग्गा नापी, वन्यजन्तुबाट भएको क्षतिको व्यवस्थापन, स्वरोजगारी सिर्जना, गिटी, ढुंगा बालुवाको व्यवस्थापन, निःशुल्क नक्सापास, सुकुम्बासीहरुलाई संयुक्त आवास निर्माण लगायतका बुँदाहरु राखिएका छन् । आधारभूत तहसम्मका बालबालिकालाई पोशाक र स्टेशनरी समेत उपलब्ध गराउने गठबन्धनको प्रतिबद्धता छ । पर्यटन विकास, उद्यम, शिक्षा, स्वास्थ्य लगायत क्षेत्रको सुधारका लागि गठबन्धनले बुँदागत रुपमा प्रतिबद्धता जनाएको छ ।

मनहरी गाउँपालिकामा बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा काँग्रेसका रन्जन कालाखेती अध्यक्ष र माओवादी केन्द्रका सीता पुलामी मगर (रेखा) उपाध्यक्ष हुने गरी गठबन्धन बनाइएको छ । यद्यपि वडाहरुमा सबै दलहरु एकल हिसाबले अघि बढेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here