मनहरी–बैशाख २७ गते । चुनाव प्रचार–प्रसारका क्रममा नेकपा एमालेबाट मनहरी गाउँपालिकामा अध्यक्षका उम्मेदवार एकराज उप्रेतीले मनहरी गाउँपालिकाको ९ वटै वडामा जीत हाँसिल गर्ने बताउनुभएको छ ।

सोमबार मनहरी गाउँपालिका वडा नम्बर ७ को वृहत चुनाव प्रचार प्रसार कार्यक्रमलाई सम्बोधन गर्दै उप्रेतीले गठबन्धन नेकपा एमालेको जनलहर देखेर मन अमिलो भएको बताउनुभएको छ ।

अहिलेको गठबन्धन अवैज्ञानिक रहेको तर्क गर्दै उहाँले कुनै पनि हालमा गठबन्धनको जीत नहुने जिकिर गर्नुभयो । ५ वर्षमा आफुले गरेको विकासको लहर हेरेर पनि जनताले नेकपाल एमालेलाई नै मत हाल्ने पनि उहाँले बताउनुभयो ।

नेकपा एमालेमा गाउँपालिकाकै कान्छो प्रतिनिधिकोरुपमा उपाध्यक्षमा २५ वार्षिय सुजिता थिङको उम्मेदवारी रहेको छ । अध्यक्षका उम्मेदवार उप्रेती मनहरी गाउँपालिकाको निवर्तमान अध्यक्ष समेत हुनुहुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here