मनहरी–बैशाख २५ गते । गठबन्धनको घरदैलो कार्यक्रमलाई सघाउन बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तान आइतबार मनहरी आउनुभएको छ ।

घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कुमारी मोक्तानले रमौली प्रतापुर बस्ती स्थानान्तरणको क्रममा नेकपा माओवादीले महत्वपुर्ण भुमिका खेलेको स्मरण गर्नुभयो ।

नेकपा माओवादीको पहलबाट नै हाल बसिरहेके रमौली प्रतापुर स्थानान्तरण गरिएको भन्दै प्रतापुरको विकासको लागि नेकपा माओवादी केन्द्र सदैव तत्पर रहेको र जुनसुकै समयमा विकासात्माक काममा माओवादी केन्द्र हाजिर हुने बताउनुभयो ।समग्र मनहरीको विकासको लागि जनताले गठबन्धनलाई भोट गर्नुपर्ने मन्त्री मोक्तानले बताउनुभयो ।

त्यस्तै मनहरी गाउँपालिकामा गठबन्धनबाट गाउँपालिका अध्यक्षका उम्मेदवार रञ्जन कालाखेतीले दोस्रो स्थानीय तह निर्वाचनमा स्वत विजय हाँसिल गर्ने बताउनुभएको छ ।

मनहरी लाइभसंग कुरा गर्दै कालाखेतीले २०७४ सालमा भएको स्थानीय तहको निर्वानमा नेपाली काङ्ग्रेस ३०० मतान्तरले मात्र एमालसंग पराजित भएको तर हाल नेकपा एमाले समेत विभाजित भएको हुँदा यसपाली नेपाली काङ्ग्रेस स्वतः जित्ने तर गठबन्धन हुँदा झन सुनमा सुगन्ध थपिएकोले जित सुनिश्चित भएको बताउनुभएको हो ।

अध्यक्ष र उपाध्यक्ष दुवै पदमा गठबन्धनबाटै जित हाँसिल हुने उहाँले बताउनुभयो । स्थानीय तह निर्वाचन २०७९ मा मनहरी गाउँपालिकामा गठबन्धनबाट अध्यक्षमा रञ्जन कालाखेती नेपाली काङ्ग्रेसबाट र उपाध्यक्षमा सिता पुलामी मगर (रेखा) नेकपा माओवादी केन्द्रबाट उम्मेदवारी रहेको छ ।

निर्वाचन संघारमै आइपुग्दा गठबन्धनले घरदैलो अभियानलाई तिव्रता दिएको छ । घरदैलो अभियानको क्रममा आइतबार मनहरी गाउँपालिका वडा नम्बर ६ को माथिल्लो बेल्ट रुपाचुरी र वडा नम्बर ४ मा पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here