मनहरी–बैशाख २५ गते । नेकपा एकीकृत समाजवादी मनहरीले आइतबार वृहत घरदैलो अभियान सम्पन्न गरेको छ ।

आइतबार मनहरी गाउँपालिकाका उम्मेदवारहरु र ७ नम्बर वडाका उम्मेदवारहरु सहितको टोलीले मनहरी गाउँपालिकाको केन्द्र मनहरी बजार परिक्रमा गरी चुनावी घरदैलो गरेको हो ।

नेकपा एमालेबाट फुटेर बनेको नयाँ पार्टी नेकपा एकीकृत समाजवादीले मनहरी गाउँपालिका सहित ९ वटै वडामा उम्मेदवारी दर्ता गरेको छ ।

गठबन्धबनबाट संयुक्तरुपमा उम्मेदवारी दर्ता गर्ने भने पनि सम्मानजनक सहभागिता नगराएको भन्दै नेकपा एकीकृत समाजवादीले एकल उम्मेदवारी दिएको छ ।

गाउँपालिका अध्यक्षमा नारायण श्रेष्ठ, उपाध्यक्षमा मनिला विष्ट सहित ९ वटै वडामा उम्मेदवार दिएको हो । मनहरी गाउँपालिका वडा नम्बर ७ मा दिवस स्याङ्तान (बलराम) को वडा अध्यक्षमा उम्मेदवारी रहेको छ ।

आइतबार भएको वृहत चुनाव केन्द्रित घरदैलो अभियानमा संविधानसभा सदस्यद्धय राजाराम स्याङ्तान, गोबिन्दराम चेपाङ, गाउँ कमिटी इन्चार्ज भुमिनन्द अर्याल लगायत नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here