मनहरी–बैशाख २४ गते । पर्सा राष्ट्रिय निकुञ्जले मनहरी गाउँपालिका वडा नम्बर ७ मा लगाइएको रुखहरु एकलौटी ढंगले फडानी गरेको छ ।


पर्सा राष्ट्रिय निकुञ्ज मध्यवर्ती व्यवस्थापन समिति अन्तर्गतको मनहरी उपभोक्ता समितिलाई समेत खबर नदिई एकलौटी ढंगले फडानी गरेको भन्दै समितिले सो विषयमा यस संस्था वेखबर भएको भन्दै उपभोक्तालाई जानकारी गराएको छ ।

शनिबार पर्सा राष्ट्रिय निकुञ्ज मध्यवर्ती उपभोक्ता समितिले विज्ञप्ती जारी गर्दै सम्पुणं उपभोक्ता तथा सरोकारवाला निकायहरुलाई जानकारी गराएको हो ।

निकुञ्जले गत बैशाख २२ गते मनहरी गाउँपालिका वडा नम्बर ७ रमौलीको सामुदायिक लज देखि पूर्व, तटबन्धनमा निर्मित काठे मचानदेखि पश्चिम रमौली देखि उत्तर, नम्बरी आवादी ६ मिटर बाटोदेखि ४ किल्लाभित्र गरिएको वृक्षारोपण फडानी गरेको हो ।

उक्त वृक्षारोपण क्षेत्र वर्दघाट–हेटौडा २२० के.भी. क्षतिपुर्ती वृक्षारोपण कार्यक्रम अन्तर्गत करिब ५ कठ्ठा क्षेत्रफलमा लगाइएको रुखहरु निकुञ्जले एकलौटीढंगबाट फडानी गरेको हो ।

साविक जिल्ला वन कार्यालय, मकवानपुर अन्तर्गतको ईलाका वन कार्यालय मनहरी तथा पर्सा राष्ट्रिय निकुञ्ज आधाभारबीच भएको सहमतीमा स्थानीयले बिना पारीश्रमीक सिसौ, खयर, खमारी लगायतका रुखहरु वृक्षारोपण गरेका थिए ।

हाल आएर अकस्मात निकुञ्जले सो स्थानमा साँढे दुई तले मचान तथा पार्किङ प्लट निर्माण गर्ने भन्दै उक्त रुखहरु फडान गरेको हो । स्थानीयले निकुञ्जलाई प्रश्न गर्दा माथिको आदेश भन्दै एकलौटि फडान गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here