हेटौँडा–बैशाख २३ गते । यतिखेर आसन्न स्थानीय चुनावका लागि राजनितिक दलहरु चुनवाी प्रचार–प्रसारमा व्यस्त छन् ।

माइकिङको प्रयोग गरेर नारा लगाउदै पार्टीका आधिकारिक गीत बजाउदैँ, नाच्दै उम्मेदवारहरु चुनावी प्रचार–प्रसारमा व्यस्त भइरहेका बेला मकवानपुरमा शनिबारदेखि चुनावी माइकिङ बन्द गरिने भएको छ ।

चुनावी नारा र गीतसहित गाडि प्रयोग गरि गरिने माइकिङले ध्वनि प्रदुषण गराएको र सर्वसाधारण दिक्क भएको भन्दै शनिवारदेखि यसलाई बन्द गर्ने निर्णय भएको हो ।

जिल्ला प्रशासन कार्यालयमा भएको सर्वदलीय बैठकले माइकिङ बन्द गर्ने निर्णय गरेको हो । सभा र भेलामा मात्रै माइक प्रयोग गरेर सम्बोधन गर्न सकिने निर्णय भएको छ ।

बैठकले सार्वजनिक सवारीसाधनमा झण्डाको प्रयोग गर्न समेत रोक लगाउने निर्णय गरेको छ । बैठकमा निर्वाचन आचारसंहिता कडाइका साथ कार्यान्वयन गराउनेबारे छलफल गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here