मनहरी–बैशाख २३ गते । मनहरी गाउँपालिकामा सत्ता गठबन्धनको तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार बनेका रन्जन कालाखेतीले निर्वाचनमा आफु बिजयी भए आफुलाई प्राप्त गाडी एम्बुलेन्सको रुपमा प्रयोग गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।

साथै आफुले पाउने तलव भत्ता पनि गाउँपालिका भित्र रहेका गरिव जनताको स्वास्थ्य र शिक्षामा खर्च गर्ने पनि उहाँले बताउनुभयो ।

साथै उपाध्यक्ष पदका उम्मेदवार सिता पुलामी मगर (रेखा) ले मनहरी गाउँपालिकालाई भ्रष्टाचार नियन्त्रणगरी कार्य सम्पादनमा अब्बल बनाउन आफुहरुले उम्मेदवार दिएको बताउनुभएको छ ।

गठबन्धनको तर्फबाट अध्यक्षमा कालाखेती नेपाली काङ्ग्रेसबाट हुनुहुन्छ भने उपाध्यक्ष पदका उम्मेदवार मगर नेकपा माओवादी केन्द्रबाट हुनुहुन्छ ।

शुक्रबार सन्चारकर्मीसंगको कुराकानीमा अध्यक्षका उम्मेदवार कालाखेती र उपाध्यक्ष पदका उम्मेदवार पुलामीले मनहरी गाउँपालिकामा निकै विकट ठाउँहरु भएको र गाउँका नागरिक स्वास्थ्य र शिक्षाबाट बन्चित भैरहेको अवस्थामा त्यसलाई सुधार गर्न प्रतिवद्ध रहेको समेत बताएका छन् ।

जसरी हुन्छ गठबन्धनको उम्मेदवारी पालिकालाई कार्य सम्पादनमा अब्बल बनाउन भएको बताएका छन् ।

यदि गठबन्धनको उम्मेदवारले जिते भने यहाका किसानका लागि रासायनिक मलदेखि उन्नत बिउबिजनको ब्यवस्था र तरकारीको उचित मुल्य प्राप्त गर्नको लागि कोल्डस्टोरको स्थापना गरि किसानलाई राहत हुने काम गर्ने समेत बताउनुभयो ।

त्यसैगरी उपाध्यक्षकी उम्मेदवार पुलामीले सम्रग पालिकको विकास, भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि आफ्नो उम्मेदवारी रहेको बताउनुभयो ।

उहाँले अहिलेको जनलहरको माहोल हेर्दा कुनै पनि हालतमा कांग्रेस, माओवादी केन्द्र नेतृत्व गठबन्धनले जित्ने बताइउनुभयो । यो गठबन्धन प्रतिगमन विरुद्ध रहेको कारण पनि गठबन्धनले मत पाउने विस्वास उहाँले व्यक्त गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here