मनहरी–बैशाख २० गते । नेपाली काङ्ग्रेस बागमति प्रदेस सभापति तथा संसदिय दलका नेता इन्द्र बहादुर बानिँयाले धर्म भनेको असत्य माथि सत्यको जित भएको र सबै धर्मको सार एउटै भएको सबैले धार्मिक सहिषुणता कायम गर्नुपर्ने बताउनुभएको छ ।

मंगलबार मनहरी गाउँपालिका वडा नम्बर ७ मा रहेको मस्जिदमा शुभकामना व्यक्त गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

नेता बानियाले प्रतिगमनका विरुद्ध बनेको गठबन्धनले जुनसुकै हालतमा जित हाँसिल गर्ने पनि बताउनुभयो । नेता बानियाँ मंगलबार मनहरीमा गठबन्धनका उमेदवारको घरदैलो कार्यक्रमलाई सघाउन मनहरी आउनुभएको हो ।

मंगलबार बिहान गठबन्धनले घरदैलो कार्यक्रम गरी वडा नम्बर ६ र ९ मा छुट्टा–छुट्टै कोण सभाको कार्यक्रम आयोजन गरेको थियो । गठबन्धनका उमेदवारलाई भारी बहुमतले विजयी गराउन मनहरी गाउँबासीमा अपिल समेत गर्नुभयो ।

गठबन्धनबाट मनहरी गाउँपालिकामा गाउँपालिका अध्यक्षका लागि नेपाली काङ्ग्रेसबाट रञ्जन कालाखेती र उपाध्यक्षमा नेकपा माओवादी केन्द्र बाट सिता पुलामी मगर (रेखा) को उमेदवारी रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here