मनहरी–बैशाख १९ गते । मनहरी गाउँपालिकामा सबै राजनितिक दलले घरदैलो अभियानलाई तिव्रता दिएका छन् । यहि बैशाख ३० गते हुने स्थानीय चुनावमा आफ्नो जित सुनिश्चित गर्न पार्टीहरु आ–आफ्नो क्षेत्रबाट घरदैलो अभियानलमा लागेका हुन् ।

बैशाख १२ र १३ गते उमेदवारी दर्ता गराएका राजतिनिक दलहरुले १७ गते आधिकारिक उमेदवारको पत्र पाएसंगै घरदैलो अभियानलाई तिब्रता दिएका हुन् ।

गाउँपालिका अध्यक्षका लागि नेपाली काङ्ग्रेस र नेकपा माओवादी केन्द्र गठबन्धन गरेर अगाडी बढेको छ । गठबन्धनमा अध्यक्षमा नेपाली काङ्ग्रेसका तर्फबाट रञ्जन कालाखेतीले टिकट पाउनु भएको छ भने उपाध्यक्षमा नेकपा माओवादी केन्द्रबाट सिता पुलामी मगर (रेखा) को उमेदवारी रहेको छ । वडा तहमा भने दुबै पार्टीले गठबन्धन नगरी आ–आफ्नै ढंगबाट उमेदवार दिएका छन् ।

त्यस्तै नेकपा एमालेबाट गाउँपालिका अध्यक्षमा निवर्तमान मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेती नै पुनः दोहोरिनु भएको छ भने उपाध्यक्षमा भने युवालाई प्राथमिकतामा राखि सुजिता थिङलाई उभ्याएको छ ।

एमालेले मनहरी गाउँपालिकामा कुनै पनि पार्टीसंग गठबन्धन नगरी एक्लै ९ वटै वडा सहित गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा उमेदवार दिएका छन् ।

आफ्नो उमेदवारलाई जिताउन ९ वटै वडामा घरदैलो अभियानलाई तिव्रता दिएका छन् । गत स्थानीय चुनावमा पहिलो पार्टी रहेको नेकपा एमाले अहिलेको स्थानीय तहमा पनि पहिलो पार्टी बन्ने कुरामा विस्वस्त छन् ।

सोमबार उम्मेदवारहरुले मनहरी गाउँपालिका वडा नं ५ डिल्लिपुर र बसन्तपुरमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् । कार्यक्रपछी भएका सभाहरुमा नेकपा एमलोका केन्द्रीय सल्लाहकार तथा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेल र एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज रामेश्वर रानाले संबोधन गर्नु भएको छ ।

उहाँहरुले मनहरीमा एमालेका उम्मेदवारको जित सुनिश्चित भएको बताउनुभयो अहिलेको जनलहर हेर्दा नेकपा एमालेले सबै वडा सहित अध्यक्ष र उपाध्यक्ष पदमा टक्कर दिने पार्टी मनहरीमा नरहेको मनहरी गाउँपालिका अध्यक्ष पदका उमेदवार एकराज उप्रेतीले बताउनुभयो । त्यस्तै नेकपा एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समजावादी पनि एक्लै चुनावी मैदानमा होमिएको छ ।

गठबन्धनबाट चुनावी मैदानमा जाने सहमती गर्न खोजिए पनि गठबन्धनका दलले सम्मानजनक व्यवहार नगर्दा नेकपा एकीकृत समाजवादी एक्लै निर्वाचनमा होमिएको नेकपा एकीकृत समाजवादी मनहरी गाउँ कमिटीका अध्यक्ष तथा स्थानीय तह निर्वाचनमा मनहरी गाउँपालिकामा अध्यक्ष पदका उमेदवार नारायण श्रेष्ठले बताउनुभयो । नेकपा एमालेबाट फुटेर बनेको पार्टी भए पनि मनहरी गाउँपालिकामा नेकपा एकीकृत समाजवादी पहिलो पार्टी बन्ने बताउनुभयो ।

त्यस्तै राष्ट्रिय पजातन्त्र पाटीले पनि आफ्नो घरदैलो कार्यक्रमलाई ९ वटै वडामा तिव्रता दिएका छन् । ठुला भनिएका राजनितिक दलले विकासरका कामहरु नगरेको भन्दै राप्रपा यतिखेर बैकल्पिक शक्तिकोरुपमा उभ्याएर घरदैलो गरिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here