नहरी–बैशाख १० गते । स्थानीय निवार्चन २०७४ मा नेकपा एमालेबाट वडा सदस्यमा निर्वाति हुनुभएका वडा सदस्य नेकपा माओबादी केन्द्रमा प्रवेश गर्नुभएको छ ।

नेकपा माओबादी केन्द्र मनहरी गाउँपालिका वडा नम्बर ८ को पार्टी कार्यालय उद्घाटन कार्यक्रममा एमालेबाट निर्वाचित दलित महिला सदस्य अम्बिका परियार नेकपा माओबादी केन्द्रमा प्रवेश गर्नुभएको हो ।

उक्त कार्यक्रममा परियार सहित नेकपा एमाले सहित विभिन्न पार्टी परित्याग गरी ४० जना नेकपा माओबादी केन्द्रमा प्रवेश गरेको नेकपा माओबादी केन्द्रबाट वडा नम्बर ८ मा आसन्न स्थानीय निर्वाचनका उमेदवार इमान सिं मोक्तानले जानकारी दिनुभयो ।

माओबादी केन्द्रमा प्रवेश गर्दै परियारले नेकपा एमालेले आफुलाई कुनै पनि ठाउँ नराखेको, वास्ता नगरेको र दलित सर्वहारा वर्गको पार्टी नेकपा माओबादी केन्द्र नै रहेछ भन्ने थाहा पाएकोले प्रवेश गरेको बताउनुभयो ।

साथै उहाँले पिछडिएका वर्गहरु सबै नेकपा माओबादी केन्द्रमा नै प्रवेश गर्नुपर्ने धारणा व्यक्त गनुभयो । परियारलाई बागमती प्रदेश सभा सदस्य ओम बहादुर ग्लान (प्रदिप) र नेकपा माओबादी केन्द्र बागमती प्रदेश कमिटी सदस्य विर बहादुर ग्लान (ज्वाला) ले टिका र खादा लगाएर स्वागत गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here