हेटौँडा–बैशाख ०५ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले पश्चिम मकवानपुरको मनहरीदेखि धादिङको महादेववेशीसम्म बाटो, पुल, पुलेसाका लागि ९९ करोड रुपैयाँ राष्ट्रिय योजना आयोगमार्फत उपलब्ध हुने बताउनु भएको छ ।

मनहरी–राक्सिराङ–डाँडाबास–दामगडे–महादेववेशी बाटोका लागि ९९ करोड रुपैयाँ योजना आयोगमार्फत विनियोजन गराएको खतिवडाले बताउनुभयो ।

उक्त रकमले पश्चिम मकवानपुरको सडक विकासमा उल्लेख्य काम हुने देखिएको समेत उहाँले बताउनुभयो । अरुजस्तो यस्तो गरेँ, उस्तो गरेँ भनेर हल्ला नगरे पनि मन्त्री भएपछि पनि मकवानपुरको विकासका लागि सकेको गरेको उहाँले बताउनुभयो ।

आगामी दिनमा पनि मकवानपुरको विकासका लागि आफु हरदम तयार रहेको बताउनुभयो । सोमबार हेटौडामा भएको पार्टीको जिल्ला कमिटी बैठकमा बोल्दै मन्त्री खतिवडाले यस्तो बताउनुभएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here