मनहरी–बैशाख ०१ गते । नयाँ वर्ष २०७९ को पहिलो दिन मनहरी– ८ सिम्पानीमा रहेको पिस पार्कमा पर्यटकको घुँइचो लागेको छ ।

नयाँ वर्षको अवसरमा आन्तरिक पर्यटकहरु मनहरी गाउँपालिकाकै पर्यटकीय नगरी पिस पार्कमा घुँइचो लागेको हो ।

अघिल्ला वर्षहरुमा नयाँ वर्ष मनाउन मकवानपुरकै शहिद स्मारक, मकवानपुर गढी दरबार, छिमेकी जिल्ला चितवनको सौराहा जाने आन्तरिक पर्यटकहरु यस वर्ष भने पिस पार्कमै नयाँ वर्ष मनाएका हुन् ।

मनहरी गाउँपालिकाको प्रमुख पर्यटकीय गन्तव्यहरु मध्य पिस पार्क पनि एक प्रशिद्ध स्थान हो । मनहरी गाउँपालिकाको बजेटबाट निर्माण भइरहेको पिस पार्क अझै सम्म पनि निर्माण सम्पन्न भने भइसकेको छैन ।

पिस पार्कमा आन्तरिक पर्यटकको भिड लाग्दै गर्दा पिस पार्क व्यवस्थापन समिति र स्थानीय सरकार भने यस विषयमा बेखबर देखिन्छ ।

पर्यटक आउने यस समयमा व्यवस्थापन समितिले उचित व्यवस्थापन गर्न सक्ने हो भने पर्यटकको संख्यामा वृद्धि गर्न सकिन्थ्यो । जसबाट गाउँपालिकाले राम्रै आर्थिक आम्दानी गर्न समेत सकिन्थ्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here