मनहरी–चैच २४ गते । नेपाली काङ्ग्रेस मनहरी गाउँ कमिटीका सभापति प्रकाश बर्तौलाले मनहरी गाउँपालिकामा काङ्ग्रेस नै पहिलो शक्ती भएको बताउनुभएको छ ।
मनहरी लाइभसंग कुरा गर्दै सभापति बर्ताैलाले विगतको चुनावको मत परिणाम र अहिलेको जनलहरका कारण काङ्ग्रेस नै मनहरीमा पहिलो शक्ति भएको बताउनुभएको हो ।
आसन्न स्थानीय चुनावमा मनहरी गाउँपालिकामा आवश्यकताको सिदान्तमा रहेर चुनावी तालमेल हुने पनि उहाँले बताउनुभएको छ ।
मनहरी गाउँपालिकामा आसन्न स्थानीय चुनावमा विना गठबन्धन निर्वाचनमा सहभागी हुँदा पनि नेपाली काङ्ग्रेसको जितलाई कसैले छेक्न नसक्ने तर गठबन्धन भने त्याग्न नचाहेको पनि बताउनुभएको छ ।
प्रतिगमन विरुद्ध एक भएको पार्टीहरुविच भएको सम्बन्ध गाँस छुट्ने तर साथ नछुट्ने पनि उहाँले बताउनुभयो ।
देशमा प्रतिगमन हावी हुँदा ओली प्रवृद्धि हावी हुँदा पनि एक भएका पार्टीहरु विच भएको गठबन्धन कसैले फुटाउन नसक्ने पनि उहाँले बताउनुभयो ।
मनहरी गाउँपालिकामा काङ्ग्रेसबाट गाउँपालिका अध्यक्षका आकाङक्षी बर्तौलाले गठबन्धनमा काङ्ग्रेस नै पहिलो पार्टी भएकोले गाउँपालिका अध्यक्षमा आफ्नो दाबी स्वभाविक रहेको बताउनुभयो ।
“गठबन्धन हो एकलौटी निर्णय चल्दैन, सकेसम्म शक्ति विश्लेषणको आधारमा हामी नै पहिलो पार्टी हो, हाम्रो नै दावेदारी रहन्छ तर मेरो गोरुको बाह्रै टक्का भने हुदैन” उहाँले भन्नुभयो ।
यसै विषयमा गठबन्धन विच बुधबार नै बैठक समेत सम्पन्न भएको छ । आसन्न स्थानीय चुनावमा कसरी जाने भन्ने विषयमा छलफल भएको तर उमेदवारको विषयमा भने टुङ्गो लागि सकेको छैन् ।