मनहरी–चैत २३ गते । नेकपा माओवादी केन्द्र बागमती प्रदेश सचिवालय सदस्य तथा मनहरी गाउँपालिका निर्वाचन कमिटीका संयोजक विर बहादुर घलान (ज्वाला) ले गठबन्धन नै केन्द्रविन्दु रहेको बताउनुभएको छ ।

प्रतिगमन विरुद्ध लागेका दलहरु विच भएको गठबन्धन उचित रहेको बताउनुभएको हो । गठबन्धन हुँदै गर्दा आफ्नो पार्टीको प्रतिनिधि नै हुनुपर्छ भन्नु नौलो कुरा नभएको तर गठबन्धनको सिफारिस तथा निर्णनय अनुसार नै मनहरी गाउँपालिकामा अध्यक्षको उमेदवारी तय गर्ने बताउनुभएको हो ।

मनहरी लाइभसंग कुरा गर्दै आसन्न स्थानीय निर्वाचनमा मनहरी गाउँपालिकामा अध्यक्षका आकांक्षी रहनुभएका घलानले यस्तो बताउनुभएको हो ।

विगतका दिनहरुमा प्रतिगमन विरुद्ध लडेका दलहरुविच गठबन्धन हुनु राम्रो पक्ष रहेको भन्दै केपी वली प्रवृति खुइल्याउन पनि गठबन्धन अतिआवश्यक रहेको बताउनुभएको हो ।

गणतन्त्र, धर्मनिरपक्ष, संघियताको हिमायती नेपाल कम्युनिष्ट पाटी माओवादी केन्द्र नै रहेकोले स्थानीय निर्वाचनमा जित हाँसिल गर्न माओवादी केन्द्रलाई कठिनाई भने नभएको बताउनुभएको छ ।

पछिल्लो समय मनहरी गाउँपालिकामा स्थानीयले गरेको साथ र सहयोगका आधारमा पनि माओवादी केन्द्र नै विजयी हुने तर यसमा घमण्ड गरेर गठबन्धन नै त्याग्ने पक्षमा भने नेकपा माओवादी केन्द्र नरहेको प्रष्ट पार्नुभएको हो ।

“निर्वाचनमा जित हाँसिल गर्नु ठुलो कुरा होइन, माओवादीले जसरी पनि जित हाँसिल गर्छ तर प्रतिगमन विरुद्धसंगै लडेका साथीलाई विचमै छोड्ने पक्षमा भने हामी छैनौँ’’ उहाँले भन्नुभयो ।

“निर्वाचनमा जित हाँसिल गर्नु ठुलो कुरा होइन, माओवादीले जसरी पनि जित हाँसिल गर्छ तर प्रतिगमन विरुद्धसंगै लडेका साथीलाई विचमै छोड्ने पक्षमा भने हामी छैनौँ’’ उहाँले भन्नुभयो ।

२०६४ सालमा भएको चुनवामा माओवादी केन्द्र पहिलो पार्टी भएको र अहिलेको निर्वाचनमा पनि माओवादी केन्द्र एक्लै लड्दा पनि पहिलो पार्टी बन्न सक्ने गरी गृहकार्य गरिरहेको छ ।

टोलटोलमा पुगेर पार्टी निकट संगठनहरु निर्माण गररहेको माओवादी केन्द्र यतिखेर २०७४ सालमा व्यहोर्नुपरेको हारलाई उल्टाउने तयारीका साथ अघि बढेको हो । देशमा संघियता ल्याउन प्रमुख भुमिका निर्वाह गर्ने पार्टी नै जनताले रोज्नेमा घलान विस्वस्त हुृनुहुन्छ ।

साथै उहाँले माओवादी केन्द्रबाट चैत महिना भित्र नै प्रनिनिधि टुङ्ग्याउने पनि बताउनुभएको छ । अरुले हतार गरेर प्रतिनिधि टुङ्ग्याइरहेका छन्, हामीलाई हतार छैन, निर्वाचन कमिटीमा नाम दर्ता गर्ने त एउटै समय हो केही फरक नपर्ने भन्दै उहाँले यस्तो बताउनुभएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here