मनहरी–चैत २० गते । नेपाली काङ्ग्रेस मनहरी गाउँपालिकाले आइतबार ७ वटा वडाको प्रतिनिधि टुङ्ग्याएको छ ।

केन्द्रको निर्णय बमोजिम चैत २१ गते सम्म आसन्न स्थानीय चुनावका लागि प्रतिनिधि टुङ्ग्याएर प्रतिनिधिको नाम सिफारिस गर्न स्थानीय तहलाई आग्रह गरेको थियो ।

मनहरी गाउँपालिकामा आइतबार भएको काङ्ग्रेसको वडा भेलाले वडा नम्बर २ र ३ बाहेक अन्य वडाको प्रतिनिधि टुङ्ग्याएर गाउँ कमिटीलाई सिफारिस गरेको हो ।

आइतबार भएको ७ वटा वडाको प्रतिनिधि छनोटमा ४ वडामा भने एकल सहमती भएको नेपाली काङ्ग्रेस मनहरी गाउँ कमिटीका सभापति प्रकाश बर्तौलाले बताउनुभयो ।

सभापति बर्तौलाका अनुसार अन्य ३ वडामा भने प्रत्येक वडामा ३ जनाका दरले नाम सिफारिस भएको बताउनुभयो ।

त्यस्तै आइतबार नटुङ्गिएको वडा नम्बर २ र ३ मा भने सोमबार सम्म छनोट गरिने र सोमबार नै प्रतिनिनिधो नामावली माथिल्लो निकायमा पठाउने पनि बताउनुभयो ।

माथिल्लो निकायबात प्रतिनिधि छनोट भएर आएको खण्डमा फेरी गठबन्धनका लागि कुन स्थानीय तह आफुले लिने कुन अर्काे पार्टीलाई दिनेबारे छलफल हुने बर्तौलाले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here