राक्स्रिाङ–चैत १९ गते । राक्सिराङ गाउँपालिकामा गठबन्धनको बैठकले यहि चैत २२ गते भित्र आसन्न स्थानीय चुनावको लागि आफ्नो उमेदवार प्रतिनिधिको नामावली माथिल्लो निकायमा पठाउने निर्णय गरेको छ ।

शनिबार राक्स्रिाङ गाउँपालिकमा पनि पाँच दलिय गठबन्धनको बैठक बसेको हो । मकवानपुर जिल्लाका १० वटै स्थानीय तहको १०२ वटै वडामा ५ दल मिलेर गठबन्धनमा निर्वाचनमा भाग लिने शुक्रबार निर्णय भएको थियो ।

आसन्न स्थानीय चुनवाम पाँच दल विच गठबन्धन भएर निर्वाचनमा होमिने निर्णय भएसंगै राक्सिराङ गाउँपालिकामा यसको कार्यान्वयनका लागि बैठक बसेको हो ।

केन्द्रिय गठबन्धनको सर्कुलर अनुसार गठबन्धनमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, वडा सदस्यहरुको उमेरद्वारीको लागि गठबन्धन दलहरु एक भएको हो ।

शनिबार भएको गठबन्धनको बैठकमा जनमोर्चा भने सहभागी भएन् । गठबन्धनको बैठकले यहि चैत २२ गते भित्र प्रत्येक पार्टीको शक्ती परीक्षण गरी, गत स्थानीय चुनावमा कुन पार्टीले कति भोट प्राप्त गरेको भन्ने विश्लेषण सहित माथिल्लो निकायमा पठाउने निर्णय भएको
हो ।

राक्सिराङ गाउँपालिकामा गाउँपालिका अध्यक्ष देखि वडा सदस्य सम्मै गठबन्धनबाट नै टुङ्गो लगाइने छ । यहि २२ गते भित्र नै सबै पार्टीले आफ्नो शक्तिको विषयमा माथिल्लो निकायमा पत्राचार गर्नेछ ।

सबै प्रतिनिधिलाई माथिल्लो निकायबाट नै छनोट हुने निर्णय भएको नेकपा एकिकृत समाजवादी राक्सिराङ गाउँ कमिटीका अध्यक्ष ज्ञानेन्द्र तामाङले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here