कार्यक्रममा सहभागी

मनहरी–चैत १८ गते । नेकपा एमाले मनहरी गाउँपालिकाले स्थानीय तह निर्वाचन लक्षित कार्यक्रमलाई निरन्तरता दिएको छ ।

आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीलाई पहिलो बनाउने उद्येश्येका साथ पार्टी प्रशिक्षण कार्यक्रमलाई तिब्रता दिएको हो । सोही अवसरमा शुक्रबार तेस्रो पूर्ण बैठक तथा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम गरेको हो ।

कार्यक्रममा मनहरी गाउँपालिकामा पार्टीलाई पहिलो बनाउने गरी उमेदवार तय गर्ने, १० औँ राष्ट्रिय महाधिवेशनको नारा गाउँगाउँ लैजाने, स्थानीय सरकारले ५ वर्षमा गरेका कामको विषय जनता माझ पुर्याउने, आदिको विषयमा छलफल भएको नेकपा एमाले मनहरी गाउँकमिटीका अध्यक्ष नविन सुवेदीले बताउनुभयो ।

साथै भेलामा यहि २३ र २४ गते ९ वटै वडाको प्रतिनिधि छनौट अगाडी बढाउने र २५ गते गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको टुङ्गो लगाई जिल्लामा सिफारिस गरिने पनि उहाँले बताउनुभयो ।

साथै कार्यक्रममा बोल्दै प्रमुख अतिथि एबम् नेकपा एमाले केन्दीय कमिटी सदस्य रामेश्वर रानाले स्थानीय चुनावमा पार्टीलाई पहिलो बनाउने व्यक्तिलाई नै उमेदवार बनाउन समेत सझाव दिनुभयो ।

लोकप्रियतको आधारमा व्यक्तिलाई उमेदवार बनाउने हुँदा गाउँगाउँमा गएर १० औँ राष्ट्रिय महाधिवेशनको नारा तथा स्थानीय सरकारले गरेको राम्रा कामको बारेमा स्थानीय जनतालाई सु–सुचित गर्न पनि आग्रह गर्नुभयो ।

पार्टी प्रशिक्षण कार्यक्रममा रानाको प्रमुख आतिथ्यता रहेको थियो । नेकपा एमाले मनहरी गाउँ कमिटीका अध्यक्ष नविन सुवेदीको सभाध्यक्षतमा भएको कार्यक्रममा मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती विशिष्ट अतिथि, मदन दाहाल, श्याम ढकाल, हेमलाल उप्रती, गौतमा लामा लगायत नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here