मनहरी–चैत १८ गते । रमन्टार डिपाट बस्तीको १८ औँ बार्षिकोत्सवको अवसरमा वस्तीलाई स्थानीय सरकारले वास्ता नगरेको भन्दै गम्भिर ध्यानाकर्षण गरिएको छ ।

वस्ती बसेको १८ वर्ष पुरा भइसक्दा पनि स्थानीय सरकाले भु–स्वामित्व दिन भुमिका नखेलेको भन्दै रमन्टार डिपाट सामुदायिक वनका अध्यक्ष डम्बर मुक्तानले आक्रोश व्यक्त गर्नुभयो ।

सोही विषयमा मनहरी लाइभसंग कुरा गर्दै मुक्तानले चितवनको बाँदरझुला वस्तीका जनताले भू–स्वामित्व पाउने, मकवानपुरकै बागमती गाउँपालिकामा पनि पाउने तर मनहरी गाउँपालिकामा मात्र किन नपाउने भन्दै आक्रोश व्यक्त गर्नुभएको हो ।

२०६७ साल सम्ममा बेसका वस्तीहरुको नेपाल सरकारले भू–स्वामित्व र अर्थात लालपुर्जा दिने भने पनि यहाँको स्थानीय सरकारले यसप्रति चासो नदिएको आरोप लगाउनुभयो ।

२०६० सालमा बसेको यस वस्ती भित्र १ हजार तीन सय घरधुरी रहेका छन् । हाल यस वस्तीभित्र बिकास निर्माणका कार्यक्रमहरु भने पर्याप्त मात्रामा भएको छ । वस्तीमा सिँचाई, विद्युत, विद्यालय, खानेपानी, बाटो संगै सामुदायिक वन समेत रहेको छ ।

स्थानीय सरकारले वास्ता नगरेपछि केन्द्र प्रदेश सरकारलाइृ समेत ध्यानाकार्षण गराइएको मुक्तानले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here