मनहरी–चैत १५ गते । स्थानीय निर्वाचनलाई लक्षित गरी नेकपा एकीकृत समाजवादीले मनहरी गाउँपालिकाका हरेक टोल टोलमा बैठक, भेला र प्रशिक्षण अभियानलाई तीब्रता दिने भएको छ । यो क्रम चैत २१ गतेसम्म निरन्तर चल्नेछ ।

समाजवादीको मनहरी गाउँ कमिटी बैठकले हरेक वडाका सबै टोलहरुमा पुग्नका लागि नेताहरु परिचालन गरेको हो । १ देखि ९ वटै वडाहरुमा जिल्ला कमिटीका सदस्यसहितका नेताहरु पुगेर समाजवादी अभियानलाई शसक्त बनाउने गरी योजना निर्माण भएको गाउँ कमिटी अध्यक्ष नारायण श्रेष्ठले बताउनुभयो । ‘यसअघि गठन भइसकेका टोल कमिटीहरुको बैठक र प्रशिक्षण तथा नयाँ बन्न बाँकी रहेका टोलहरुमा नयाँ कमिटी निर्माण गरिनेछ’, अध्यक्ष श्रेष्ठले भन्नुभयो–‘अब हाम्रो पार्टी पूर्ण रुपमा स्थानीय चुनावमा होमिएको छ ।’

अध्यक्ष श्रेष्ठका अनुसार चैत २२ गतेसम्म टोलस्तरको कार्यक्रम समापन हुने र चैत २३ गतेदेखि २८ गतेसम्म वडा कमिटीको प्रशिक्षण र बैठक गरी स्थानीय चुनावमा मतदाता र प्रतिस्पर्धी दलहरुको अबस्था बिश्लेषणसहितको बैठक बस्नेछ । त्यसैगरी चैत २९ गते जिल्ला कमिटी सदस्यहरु, जन वर्गीय संगठनका अध्यक्षहरुसहितको उपस्थितिमा पूर्ण बैठक बसी निर्वाचनको अन्तिम तयारी गरिने गरी योजना निर्माण भएको छ ।

मंगलबार रजैयास्थित अग्निहोत्राश्रममा भएको गाउँ कमिटी बैठकले स्थानीय चुनावमा जनतामाझ लैजानका लागि प्रतिवद्धता पत्र तयारी गर्ने निर्णय समेत गरेको छ । जिल्ला सचिवालय सदस्य एबम मनहरी गाउँ इन्चार्ज भूमिनन्द अर्यालको संयोजकत्वमा बनेको प्रतिबद्धता पत्र मस्यौदा समितिका सदस्यहरुमा जिल्ला कमिटी सदस्य तथा मनहरी गाउँपालिका उपाध्यक्ष मनिला बिष्ट, जिल्ला सचिवालय सदस्यहरु चन्द्रकुमारी भुषाल र बीरेन्द्र डिसी, वडाध्यक्ष एबम् जिल्ला कमिटी सदस्यहरु साधुराम अधिकारी र बिष्णु थिङ, गाउँ कमिटी अध्यक्ष नारायण श्रेष्ठ, सचिव ओम आलेमगर र जिल्ला कमिटी सदस्य शिवकुमार रिजाल रहेकका छन् । समितिले तत्कालै प्रतिबद्धता पत्र निर्माण कार्य सुरु गर्ने जनाइएको छ ।

बैठकमा केन्द्रीय सदस्य राजाराम स्याङ्तानले स्थानीय निर्वाचनमा अब हरेक सदस्यहरुले सक्रियता देखाउनुपर्ने र चुनावमा जीत हासिल गर्नका लागि पूर्ण रुपमा सदस्यहरुले पार्टीलाई समय दिनुपर्ने बताउनुभयो । उहाँले जुनसुकै गठबन्धन हुँदा र नहुँदा दुबै अबस्थामा पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

गाउँ कमिटी अध्यक्ष नारायण श्रेष्ठको अध्यक्षतामा भएको बैठकमा जिल्ला सचिवालय सदस्यहरु मनिला बिष्ट, बीरेन्द्र डिसी, चन्द्रकुमारी भुषालसहित जिल्ला सदस्यहरु, जनप्रतिनिधिहरु र गाउँ कमिटीका सदस्यहरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here