मनहरी–चैत १४ गते । नेपाल क्युकोसिन कराते (इको तेजुका समुह) मनहरी ले गरेको बेल्ट टेस्ट कार्यक्रममा ४ जनाले ब्ल्याक बेल्ट पाएका छन् ।

हाल ४५ जना प्रशिक्षार्थी रहेको उक्त समुहको पहिलो ब्याचमा ४ जनाले ब्ल्याक बेल्ट पाउन सफल भएका हुन् । रोहण प्रजा, शितल लामा, निलिमा ब्लोन र शुरेश प्रजाले ब्ल्याक बेल्ट प्राप्त गरेका हुन् ।

त्यस्तै बेल्ट टेस्ट कार्यक्रमा २ जना भने डबल प्रोमोशन भएका छन् । मनिशा राई र विनय राई डबल प्रोमोशन भएको नेपाल क्युकोसिन कराते (इको तेजुका समुह) मनहरीका प्रशिक्षक लवाङ दोर्जे लामाले बताउनुभयो ।

बेल्ट टेस्ट कार्यक्रममा प्रशिक्षार्थीहरुले स्टोन ब्रेक, स्टीक ब्रेक र घ्याम्पो फुटाएका थिए । साथै प्रशिक्षार्थीहरुले काटा, स्टेपिङ, बेसिक र फाइट समेत गरेका थिए ।

फुल कन्ट्याक्ट महासंघका अध्यक्ष तथा नेपाल क्युकोसिन कराते (इको तेजुका समुह) शाखा प्रमुख सिहान दमन बस्नेतको विशेष आतिथ्यता रहेको थियो भने प्रमुख अतिथिमा मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती रहनु भएको थियो ।

गुरुहरु रोशन कपाली, धन बल (लामा), दावा शेर्पा, गौरभ आचार्य, अनिला परियार लगायतकाले डेमो प्रस्तुत गर्नुभएको थियो । बेल्ट टेस्ट कार्यक्रम इको तेजुका समुह मकवानपुर जिल्ला डो का लवाङ दोर्जे लामाको सभाध्यक्षतामा सम्पन्न भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here